नयाँ: बाइक र स्कुटर सर्भिस सेन्टरका लागि Lahara Workshop।Lahara Workshop चिन्नुहोस्

हरेक पाइलामा सहयोग

आफ्नो पसल बनाउनुहोस्

खाता खोल्नुहोस्, इमेल पुष्टि गर्नुहोस् र पसलको विवरण राख्नुहोस्।

निर्देशन तयार र अद्यावधिक गर्ने: Lahara Tech · पछिल्लो समीक्षा:

Lahara Inventory मा पसलको सेटअप गर्ने चरण
एपका स्क्रिनमा काल्पनिक पसलका विवरण छन्। देखाइएका सुविधा चलाउन इन्टरनेट चाहिन्छ।
  1. खाता खोल्नुहोस् र इमेल पुष्टि गर्नुहोस्।

    निःशुल्क परीक्षणको लिङ्कबाट नाम, इमेल र पासवर्ड राख्नुहोस्। त्यसपछि इमेलमा आएको पुष्टि लिङ्क खोल्नुहोस्। आवश्यक परे स्पाम हेर्नुहोस् वा पुष्टि इमेल फेरि माग्नुहोस्।

  2. पसलको विवरण राख्नुहोस्।

    पसलको नाम र प्रकार छान्नुहोस्। उपयुक्त भए ठेगाना र फोन थप्नुहोस्। आफ्नो व्यवसायको ठ्याक्कै प्रकार नभए सामान्य पसलको प्रकार छान्न सक्नुहुन्छ।

  3. कर र मितिको सेटिङ जाँच्नुहोस्।

    लागू भए PAN/VAT विवरण, VAT दर्ता, बिजकको उपसर्ग, आर्थिक वर्ष र वि.सं. वा ई.सं. मिति छान्नुहोस्। आफ्नो व्यवसायमा लागू हुने सेटिङ प्रयोग गर्नुहोस्।

  4. पसल बनाउनुहोस् र पसलधनीको खाता सुरक्षित गर्नुहोस्।

    पसल बनाएपछि १४ दिनको निःशुल्क परीक्षण सुरु हुन्छ। मागिएअनुसार पसलधनीको दुई चरणको प्रमाणीकरण सेटअप पूरा गर्नुहोस्। त्यसपछि सामान थप्नुहोस् वा मौज्दात आयात गर्नुहोस्।

अरू केही सोध्न चाहनुहुन्छ?

अबको पाइला

सामान र सुरुवाती मौज्दात आयात गर्नुहोस्

एपको ढाँचा प्रयोग गरेर Excel वा CSV बाट मौज्दात ल्याउनुहोस्।

सामान आयात निर्देशन

पहिलो बिल बनाउनुहोस्

सामान थप्नुहोस्, बिल जाँच्नुहोस् र ग्राहकले कसरी तिर्नुभयो, टिप्नुहोस्।

पहिलो बिलको निर्देशन

तपाईंको पसलबाट सुरु गरौँ

तपाईंको पसलको आफ्नै कथा छ।
अबको यात्रा अझ सजिलो बनाउनुहोस्।

मौज्दात, बिल र ग्राहकको उधारो एकै ठाउँमा राख्नुहोस्। कार्डबिना १४ दिन निःशुल्क चलाएर हेर्नुहोस्।

१४ दिन निःशुल्क चलाउनुहोस्